10 Apr, 2024

जानौं उत्कृष्ट रेमिट्यान्स खाता छनोट गर्दा कस्ता कुराहरुमा ध्यान दिनुपर्दछ

आजको सानो सानो बचतले भोलि तपाईंको ठुलो सपना साकार हुनसक्छ। त्यसैले अन्य बचत खाता भन्दा १% बढी ब्याजदरको साथै धेरै सेवा सुविधा भएको रेमिट्यान्स खाता छनोट गर्नुहोस्। यसले तपाईंको पैसा, तपाईं र तपाईंका परिवारहरूका लागि कडा मेहनत गर्ने श्रोत बन्न सक्छ। आफ्ना स-साना बालबालिका, बृद्ध आमाबुवा, श्रीमती, घरपरिवार र साथीभाईको साथ छोडेर विदेशमा कडा परिश्रम गरेर कमाई गरेको रकमले धेरै चाहना र आवश्यकताहरू पुरा गरिरहेको हुन्छ।यसरी दु:ख गरेर कमाएको आफ्नो आम्दानी(आय) घर पठाउँदा, सकेसम्म त्यो आय सुरक्षित र त्यसबाट प्राप्त गर्ने मूल्य अधिकतम होस् भन्ने चाहना सबै विदेशमा काम गरिरहेका नेपालीहरुको हुन्छ। बुद्धिमानी बनि उचित निर्णय गरेर रेमिट्यान्स खाता छनोट गर्दा, सुविधा,

लागत, सुरक्षा, र पैसा वृद्धि आदिको सम्भावना सुनिश्चित गर्न धेरै मुख्य कुराहरुमाहरू विचार गर्नुपर्दछ। निम्न केहि मूल्याङ्कन गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू यस्ता छन्:१. ब्याजदर:प्रतिस्पर्धी ब्याजदरहरू: सामान्य बचत खाताहरू भन्दा उच्च ब्याजदर प्रदान गर्ने अनि सबै सेवा सुविधा भएको जसले ब्याज बढाउन मद्दत गर्छ त्यस्तो रेमिट्यान्स मुद्दती खाताहरू हेर्नु पर्दछ। उच्च ब्याजदरले तपाईंको पैसा खातामा रहँदा पनि समयसँगै बढ्न र तपाईंका विभिन्न बचतका योजना एवम् लक्ष्यलाई प्राप्त गर्न मद्दत गर्दछ। २. शुल्क र न्यूनतम दरहरू:खाता शुल्क: रेमिट्यान्स खाता खोल्दा न्यूनतम शुल्क छ कि छैन भनेर निर्धारण गर्नुपर्दछ। अन्य बैंकले प्रदान गर्ने रेमिट्यान्स खातासंग तुलना गर्नुहोस् र तिनीहरूको उचित मूल्याङ्कन गर्नुपर्दछ।अत्याधिक शुल्क भएका खाताहरूबाट बच्नु पर्दछ। किनकि यसले तपाईंको बचतमा प्रभाव पार्न सक्छ। एक्स्ट्रा शुल्कहरू: अन्य लुकेका शुल्कहरू बारे पनि सतर्क रहनुहोस् जस्तै ब्यालेन्स चेक, इन्टरनेट बैंकिङ्ग वा नयाँ डेबिट कार्डहरु जारी गर्ने शुल्कहरू। कुन बैंकले प्रस्ताव गरेका खातामा के कति छुट र शुल्क छ भनेर थाहाँ पाउँदा सूचित निर्णय लिन सकिन्छ।३. अनलाइन सुविधाहरू:अनलाइन र मोबाइल बैंकिङ्ग: बैंकले सुरक्षित र भरपर्दो अनलाइन बैंकिङ सेवाहरू र प्रयोगकर्ता-मैत्री मोबाइल एप प्रदान गर्छ कि गर्दैन सुनिश्चित गर्नुपर्दछ। खाता व्यवस्थापनमा सजिलो पहुँच हुनाले तपाईंको खातामा रहको रकमको निगरानी, ब्यालेन्स चेक र रकम ट्रान्सफर लगायत अन्य सेवाहरु सहज गर्न मद्दत गर्दछ।साथै तपाईं विदेशमा भएको अवस्थामा पनि छुटेका वा आवश्यक परेका कतिपय पुरा गर्नु पर्ने बैंकका औपचारिकता अनलाइन मार्फत गर्न सकिन्छ कि सकिदैन त्यो विचार गर्नुहोस्। यसले तपाईंलाई रेमिट्यान्स खाताहरुबाट प्राप्त हुने सुविधाहरू र फाइदाहरू लिन मद्दत गर्दछ। ४. खातामा सहजता र सुविधाहरू:डेबिट कार्ड सुविधा: बैंकले रेमिट्यान्स खातासँग जोडिएको डेबिट कार्ड उपलब्ध गराएको छ कि छैन भनेर जाँच गर्नुपर्दछ। यसले नेपालका आफ्ना परिवारका सदस्यहरूलाई सहज रूपमा रकम झिक्न वा आवश्यकता अनुसार खरिद गर्न मद्दत गर्दछ। खाता संचालनमा सहजता: तपाईं विदेशमा हुँदा विदेशबाट पनि अनलाइन खाता खोल्न र तपाईंको परिवारका सदस्यको नाममा पनि नेपालमा खाता खोल्न सकिन्छ कि सकिदैन विचार गर्नुहोस्। थप आकर्षक ब्याजदर सहित अन्य विभिन्न सेवा सुविधा जस्तै स्विफ्ट ट्रान्सफरमा छुट, लकरमा छुट, लगायत अन्य सेवाहरुमा छुट भएको रेमिट्यान्स खाता छनोट गर्नु पर्दछ। ५. ग्राहक सेवा र सपोर्ट: अझै पनि धेरै ग्राहकलाई बैंकिङ्ग प्रणाली बारे सबै प्रस्ट भइसकेको छैन। विशेष गरेर वैदेशिक रोजगारमा जाने समूहलाई त झनै प्रयोग गर्न र बुझ्न पनि कठिन हुन सक्छ। त्यसैले ग्राहकहरुलाई रेमिट्यान्स सेवा सम्बन्धित कुनैपनि सहायता आवश्यक परेको खण्डमा सपोर्ट सेवा र सम्पर्कमा रही ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने आधुनिक र प्रतिस्पर्धी सेवा दिने रेमिट्यान्स खाताहरु छनोट गर्नु पर्दछ। ६. फाइनान्सियल(आर्थिक) प्रदर्शनउत्कृष्ट रेमिट्यान्स खाता छनोट गर्दा फाइनान्सियल प्रदर्शन सूचकहरू जस्तै निष्क्रिय कर्जा(NPA), पूँजी पर्याप्तता अनुपात (CAR), नेट इन्ट्रेस्ट मार्जिन (NIM) आदि प्रयोग गरि हेर्नुपर्छ, यसले आर्थिक रूपमा बैंकले कति राम्रो गर्दैछ भन्ने जाँच गर्दछ। यसको अर्थ के हेर्नु हो भने बैंकले पैसा कति कमाउँदैछ, कर्जा व्यवस्थापन राम्रोसँग गरिरहेको छ कि छैन, र पर्याप्त पैसा रिजर्भमा छ कि छैन भन्ने हो। समग्रमा, भन्नु पर्दा बैंकको आर्थिक प्रदर्शन कस्तो छ भन्ने जनाउँछ। यसले रेमिट्यान्सको लागि कारोबार गर्दा तपाईंको पैसा सुरक्षित छ र बैंकले राम्रो सेवा प्रदान गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।सरल बैंकिङ सेवा; तपाईंको रेमिट्यान्सको रोडम्यापतपाईं माथि उल्लेख गरिएका विभिन्न कुराहरुले अलमलिनु पर्दैन सरल बैंकिङ सेवा(SBS) ले यी सबै प्रक्रियालाई सरल बनाउँछ:१. पारदर्शी तुलना: तपाईंलाई रेमिट्यान्स खाताहरूको, ब्याजदरहरू, शुल्कहरू, र सुविधाहरू जस्ता महत्त्वपूर्ण विवरणहरू एकै ठाउँमा सजिलै तुलना गर्न मद्दत गर्दछ। २. वित्तीय शिक्षा: SBS ले रेमिट्यान्स खाताहरु, रेमिट्यान्ससंग सम्बन्धित सम्पूर्ण जानकारी र वित्तीय अवधारणाहरू बारे ब्लगहरू र स्रोतहरू प्रदान गर्दछ। ब्लगहरूमा नेपालमा रेमिट्यान्स मुद्दती खाता किन र कसरी खोलिन्छ? साथै रेमिट्यान्स खाता खोल्नुका फाइदा केके छन्,  नेपालमा रेमिट्यान्समा आधारित बचत र मुद्दती निक्षेप खाताको महत्त्व, आदि सम्पूर्ण कुराहरु लाई समेटेको छ । ३. सशक्तिकरण: SBS ले तपाईंलाई सूचित निर्णय गर्न, वित्तिय उपकरणहरूको प्रयोग गर्न, विदेशमा मेहनतले कमाएको पैसाको सहि सदुपयोग र उचित व्यवस्थापन गर्न सक्षम बनाउँछ। हामीसंग अहिले हातहातमा मोबाइल र इन्टरनेटको पहुँछ छ। यसलाई मनोरंजन मात्र भन्दापनि श्रोतको रुपमा प्रयोग गरौं। कुनै पनि निर्णय गर्नु अघि केहि समय अध्ययन गरौं। तपाईंको रेमिट्यान्समा ठूलो शक्ति छ किनकि यसले तपाईंको परिवारलाई सुदृढ गर्न, तपाईंको भविष्य निर्माण गर्न र नेपाललाई बलियो बनाउन मद्दत गरिरहेको छ। त्यसैले, केवल ब्याजदरहरू विज्ञापन हरेर मात्र भन्दापनि आफ्नो समग्र आवश्यकता, भरपर्दो सेवा, र तपाईंले पठाउनुभएको प्रत्येक रुपैयाबाट कसरी बढी मूल्य(ब्याज) प्राप्त गर्ने बारे सोच्नुहोस्।बुद्धिमानी बनि सहि रेमिट्यान्स खाता छनौट गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस् I